बुटवल, भदौ १३ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले आगामी उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।
क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष वैद्यले आगामी मंसिर १४ गते ५० स्थानमा हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय आफ्नो पार्टीले गरेको बताए । आवश्यकताअनुसार निर्वाचनलाई उपयोग गर्न सकिने नीति भए पनि यो सरकार जनताबाट नांगिदै गएकाले भण्डाफोर गर्नका निम्ति निर्वाचनको उपयोगभन्दा बहिस्कार नै उपउयुक्त हुने उनको भनाइ थियो ।
उनले सरकारमा बसेका पार्टीहरुले कम्युनिष्टको बदनाम गरिरहेको आरोप पनि लगाए । जनतामा भ्रम छर्ने काम भएको भन्दै उनले यो कम्युनिष्टको सरकार नभएको पनि बताए ।
सरकार जताजता हावा चल्छ, त्यतै बग्ने गरेको आरोप लगाउँदै उनले जनताको समस्याहरुको समाधान गर्न यो सरकारले नसक्ने दावीसमेत गरे । विप्लव समूहलाइ दमन गर्ने सरकारको नीति गलत भएको भन्दै उनले विप्लवको कार्यदिशा पनि गलत नै रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्