२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


डा. केसीको स्वास्थ्यः ‘कुनैपनि बेला जटिल अवस्था आउनसक्छ’ (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना/दिलिप पोखरेल (इमेज)

काठमाडौं, साउन ६ । आमरण अनशनमा बसेको २३औं दिन पुग्दा डा. गोविन्द केसीको स्वास्थ्य अवस्था शिथिल बन्दै गएको छ ।

डा. केसीलाई जुम्लाबाट जबर्जस्ती काठमाडौं ल्याइएपनि वार्ता गरी माग सम्बोधन गर्नेतर्फ सरकारले अझैपनि ठोस पहल गरेको छैन ।

बरु, संसदमा पेस भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिने कि डा. केसीको मागअनुसार संशोधन गर्ने भन्नेमा सरकारी पक्ष अन्योलमा फसेको छ ।

जुम्लाबाट काठमाडौं ल्याइएपछि सामान्य स्वास्थ्य जाँचसमेत गराउन अस्वीकार गर्दै आएका डा. केसीको स्वास्थ्य जटिल बनेको छ ।

उनको मुटुको चालमा गढबडी देखिएको छ भने रगतमा पोटासियम, म्याग्नेटिक कम भएको र त्यसले मुटु र मिर्गौलामा असरपार्ने खतरा बढेको चिकित्सकहरुले बताएका छन् ।

डा. गोविन्द केसीका सर्मथक विशाद दाहालले डा. केसीले कुनै किसिमको जाँच र उपकरण जडान गर्न नदिएकाले कुनैपनि बेला जटिल अवस्था आउनसक्ने बताए ।

स्वास्थ्य बिग्रँदै गएकाले अब जीवनरक्षा गर्न सकिँदैन कि भन्ने चिन्ता चिकित्सकहरुले व्यक्त गरेको उनले बताए ।

डा. केसीका मागप्रति सरकारले बेवास्ता गरेपनि जनस्तरबाट भने उनको सत्याग्रहप्रति समर्थन बढनेक्रम जारी छ ।

चुनावमा जनताको भोट लिएका नेताहरुले जनताको हीतमा काम गर्नुपर्ने कि माफियाको हीतमा काम गर्ने ? भन्ने प्रश्न उनीहरुले गरेका छन् ।

सर्वसाधारणले डा. केसीलाई जुम्लाबाट बल प्रयोग गरेर काठमाडौं ल्याउने सरकारी कदमप्रति पनि आपत्ति जनाएका छन् ।

भिडियो हेर्नुहोस्