Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


‘भिडियो कन्फ्रेन्स’मार्फत् मन्त्रिपरिषद् बैठक सन्चालन भएको छैन : सन्चारमन्त्री


0
Shares

काठमाडौं, भदौ १२ । सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भिडियो कन्फ्रेन्स’बाट मन्त्रिपरिषद् बैठक सन्चालन नगरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा प्रतिपक्ष दलका सांसदहरुले भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद्को बैठक गरेको प्रसंग उठाएपछि त्यसको जवाफ दिँदै मन्त्री बाँस्कोटाले भने–‘भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्री ओलीसँग कुरा भएपनि कुनै एजेन्डामा छलफल भएर निर्णय भएको छैन ।’

व्यक्तिलाई हेरेर नभइ भविष्यलाई हेरेर मन्त्रिपरिषद् बैठक सन्चालन कार्यविधि संशोधन गरेको तर्क गर्दै उनले भिडियो कन्फ्रेन्सले मुलुकको सार्वभौमिकतामा आँच पुर्‍याएको ठान्नु अनुचित भएको बताए ।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि विदेश गएको तर उतैबाट आफ्नो ‘नागरिकता अरुलाई नदिएको’ मन्त्री बाँस्कोटाको भनाइ थियो ।