चितवनमा बाढीपीडितको उद्धारका लागि हल निर्माण • Image Khabar Image Khabar


चितवनमा बाढीपीडितको उद्धारका लागि हल निर्माण


Imagekhabar
१२ माघ २०७७, सोमबार १७:१५

चितवनमा बाढीपीडितको उद्धारका लागि हल निर्माण

चितवन । भरतपुर महानगरपालिका– २२ गर्बेटाँडीमा विपद् व्यवस्थापन बहुउद्देश्यीय हल निर्माण गरिएको छ । बाढीपीडितहरूको तत्काल उद्धार गर्न मिल्ने गरी नेपाली सेना बटुक दल गण कसराले उक्त भवनको निर्माण गरेको हो ।

हल उद्घाटन कार्यक्रममा बटुक दल गणका गणपती अरूण श्रेष्ठले नेपाली सेना नागरिकको आर्थिक, सामाजिक उत्थानको गतिविधिमा लागिरहेको बताउँदै नागरिक सैनिक सहकार्य र सम्बन्धलाई सुमधुर बनाउन थप कामहरू गर्दै जाने बताउनुभयो ।

स्थानीय सरकारका प्रतिनिधीहरूसँग समन्वय र सहकार्य गरी १८ लाख रूपैयाँको लागतमा बहुउद्देश्यीय हल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । भवन सोमबार भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले नेपाली सेनाले नागरिकको सेवामा महत्वपूर्ण काम गरिरहेको उल्लेख गर्दै वन्यजन्तुबाट हुने क्षति कम गर्न तथा विपद् न्यूनिकरणमा महानगरपालिकाले योजनावद्ध काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्