Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, भातृ तथा शुभेच्छुक संस्थाबारे छलफल हुने


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलअस्वस्थ भएपछि हिजो स्थगित बैठक आज लागेको हो ।

नेता पौडेलमा ग्यास्टिकलगायतका समस्या देखिएपछि उनले हिजोको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए ।

आजको बैठकमा पार्टीका भातृ तथा शुभेच्छुक संस्थाबारे छलफल गर्ने एजेन्डा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसका सबै भातृसंस्था विधानअनुसार समय सकिएपछि यतिबेला निस्क्रिय अवस्थामा छन् । यसबारे आज बस्ने बैठकमा छलफल गर्ने कार्यसूची छ ।

बैठकमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान र एकता प्रक्रियामा आएका विजयकुमार गच्छदार समूहका नेताहरुको जिम्मेवारी तोक्नेबारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।