
कन्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर लगायत आसपासका क्षेत्रमा केही दिनयता भाइरल ज्वरोका बिरामी बढेका छन् ।
मौसममा आएको परिवर्तन र दुषित खानपानले गर्दा भाइरल ज्वरोका बिरामी बढेका हुन् ।
अस्पतालमा ज्वरोको समस्या लिएर आउनेमा अधिकांश ज्येष्ठ नागरिक, बालबालिका र महिला रहेका छन् ।
सरकारी अस्पतालसँगै निजी क्लिनिकहरुमा पनि उपचार गराउने बिरामीको घुईँचो लाग्ने गरेको छ ।
सामान्यतया साउन र भदौ महिनामा भाइरल ज्वरोको संक्रमण देखिने गरेपनि यसपटक बिरामीको संख्या ह्वात्तै बढेको महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी केशव अवस्थीले जानकारी दिए ।
उनले उपचारका लागि अस्पाताल आउनेमध्ये ७० प्रतिशतमा भाइरल ज्वरोको संक्रमण देखिएको जानकारी दिए ।
उपचारका लागि दैनिक २ सय बिरामी आउने गरेकामा जेष्ठ नागरिक, बालबालिका र महिलामा यसको संक्रमण बढी देखिएको हो ।
भाइरल ज्वरोले पाँच दिनदेखि एक हप्तासम्म प्रभावित गर्न सक्ने भएकाले व्यक्तिगत सरसफाइ र खानपानमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्