२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


पछिल्लो २४ घण्टामा ३०२ संक्रमित, ४८० संक्रमणमुक्त, ७ जनाको मृत्यु


0
Shares

काठमाडौं, माघ ९ । नेपालमा पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय १४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५४५ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो ३४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८० जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ ।