Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


साना उद्योगीलाई शून्य ब्याजमा १५ लाख रुपैयाँसम्म ऋण दिँदै गण्डकी सरकार


0
Shares

पोखरा । गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कोभिडका कारण थला परेका साना तथा मझौला उद्योगलाई पुनःस्थापना गर्ने उद्देश्यले त्यस्ता व्यवसायीलाई राहतस्वरूप प्रदेश सरकारले तीन वर्षको अवधिका लागि ५० हजार रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म शून्य ब्याजमा ऋण उपलब्ध गराउने भएको हो । यसका लागि एक अर्ब रुपैयाँको कोषसमेत स्थापना गरिसकिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव इन्दु घिमिरे र नेपाल राष्ट्र बैंक पोखरा शाखाका प्रमुख ईश्वरीप्रसाद भट्टराईले कार्यक्रम सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले कोरोनाका कारण थला परेका पर्यटन, सार्वजनिक यातायातलगायतका व्यवसाय एवं साना तथा मझौला उद्योगको संरक्षणका लागि कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।