
काठमाडौं, माघ ६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४४१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ६४ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्