Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


पौडेललाई देउवाको प्रस्ताव- लचिलो भइदिनुस्, महाधिवेशन ढिला नगरौँ


0
Shares

deuba poudel meet

काठमाडौं । पार्टीभित्रको आन्तरिक विवादलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन्।

पौडेललाई भेट्न देउवा बोहराटार पुगेका थिए। भेटमा देउवाले पौडेललाई पार्टीभित्रका विवादका विषयमा लचिलो भइदिन आग्रह गरेका छन्।

सोमबार अपरान्ह पौडेल निवास बोहराटार पुगेका देउवा र पौडेलका बीच करिब डेढ घण्टासम्म समसामयिक राजनीतिक सन्दर्भ र पार्टीको आन्तरिक राजनीतिक विषयहरुमा छलफल भएको थियो।

त्यसक्रममा देउवाले पार्टीभित्रका आन्तरिक विवादका विषयमा सहमतिको प्रस्ताव गरेका हुन्। देउवाले पार्टीको १४ औँ महाधिवेशन धेरै ढिला गर्न नहुने भन्दै विवाद समाधानका लागि लचिलो भइदिन आग्रह गरेका छन्। 

भेटमा पार्टीका क्रियाशील सदस्यमाथिको विवाद छानविन गर्ने समितिको संयोजक रमेश लेखकलाई बनाउन प्रस्ताव गरेका छन्। 

‘समसामयिक राजनीतिक विषयहरुमा छलफल भयो, पार्टीको आन्तरिक विवादलाई टुंग्याएर महाधिवेशनको तयारीमा लाग्नुपर्ने विषयमा समेत छलफल भयो, तर ठोस् सहमति भएन,’ पौडेलको सचिवालयले भन्यो।समाचारपत्र