निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझायो • Image Khabar Image Khabar


निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझायो


Imagekhabar
५ माघ २०७७, सोमबार १६:०९

निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझायो

काठमाडौं, माघ ५ । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगका तर्फबाट प्रतिवेदन बुझाएको जानकारी दिनुभयो ।

योसँगै आयोगले सरकारले आगामी वैशाख १७ र २७ गते निर्धारण गरेको मध्यावधि निर्वाचनको खर्चबारे छ्लफल तीव्र पारेको छ ।

श्रेष्ठले आइतबारदेखि यस विषयमा अर्थमन्त्रालयका अधिकारीहरुसँग छलफल सुरु गरेको बताउनुभयो ।

श्रेष्ठका अनुसार यो निर्वाचनका लागि करिव ८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान आयोगले गरेको छ ।

तर खर्चबारेको अन्तिम निचोडसहित अर्थ मन्त्रालयमा पत्र पठाउन बाँकी रहेको उहाँको भनाइ छ ।

निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझायो
प्रतिक्रिया दिनुहोस्