Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


पानीजहाज कार्यालयमा छैनन् कर्मचारी


0
Shares

काठमाडौं । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ उद्घाटन गरेको पानीजहाज कार्यालयमा माथिल्लो तहका प्रायः सबै दरबन्दी रितै छन् । उक्त कार्यालयमा सरकारी कर्मचारी सकेसम्म जानै चाहन्नन्, गए पनि त्यहाँ धेरै समय टिक्दैनन् ।

उनीहरुले तुरुन्तै अन्य कार्यालयमा सरुवा मिलाउने गरेका छन् । पानीजहाज कार्यालयका रजिस्ट्रार पद २०७६ भदौदेखि खाली छ । यसैगरी सिँचाइ इन्जिनियर, हाइवे इन्जिनियर, तथा कानुन अधिकृत पद पनि खाली छ । विपिन राजभण्डारीले विगत डेढ वर्षदेखि निमित रजिस्ट्रार भई पानीजहाज कार्यालयको नेतृत्व गरेका छन् ।

सो कार्यालयमा १६ जना कर्मचारीको दरबन्दी छ तर दरबन्दीअनुसार कहिलर्य १६ जना कर्मचरी कार्यरत भएनन् । ‘पानीजहाज कार्यालयमा काम गर्दा समाज, छरछिमेक मात्र होइन आफ्नै परिवारले पनि खिसी उडाउने गर्ने पानीजहाज कार्यालयबाट अन्यत्र सरुवा मिलाएका एक कर्मचारी भन्छन्, ‘समुद्र नै नभएको ठाउँमा पानीजहाज कार्यालय किन चाहियो भनी सबैले प्रश्न गर्थे ।’ नागरिक

Skip This