Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


फेसबुकमा प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा पक्राउ


0
Shares

बिराज रोस्यारा

कैलाली, भदौ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत गालीगलौज गरेको भन्दै प्रहरीले कैलालीबाट एकजनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लम्कीले ‘माथिको निर्देशन’ भन्दै लम्कीकै २६ वर्षीय हृदय उपाध्यायलाई पक्राउ गरेको हो । उपाध्याय नेविसंघमा आवद्ध विद्यार्थी नेता समेत रहेको बुझिएको छ ।

ईलाका प्रहरी कार्यालयले अपराध महाशाखा टेकुबाट साईबर अपराध अन्तर्गत पक्राउका लागि दिएको आदेशका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ । उपाध्यायलाई अपराध महाशाखा टेकु पठाईने प्रहरीको भनाइ छ ।

उपाध्यायले केही दिन पहिले फेसबुकमा प्रधानमन्त्रीलाई लक्षित गर्दै विभिन्न स्टाटस लेखेको बताइएको छ ।