Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


योगेशको ओलीलाई जवाफ– तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले केटाकेटीकै रगत र पसिनाले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी पाएको प्रतिक्रिया दिनुभएको छ । शनिबार काठमाडौंमा आयोजित प्रदेश १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

ओलीले ‘केटो’भन्दा आफूलाई दुःख नलागेको बताउँदै भट्टराईले प्रधानमन्त्रीको स्तर थाहा पाउँदा खुशी लागेको बताउनुभएको छ । ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो ।’ भट्टराईले शनिबार राति फेसबुकमा लेख्नुभएको छ,‘केटो भनिपाउँदा मलाई दुःख छैन। तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।’

https://www.facebook.com/yogeshbhattarai.ncp/posts/3933493326662881

ओलीले शनिबार आफू दौडिएर गएर केटालाई जिताएर पठाउनु मन्त्री बनाएर पठाउँछु भनेको तर उसले पुक्क लात्तले हानेर भागेको बताएका थिए। ‘यो प्रदेशका बैगुनी केटाकेटीबारे केही भन्नु छैन। आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाउछु भनेँ। मन्त्री पनि बनाइयो’, ओलीले योगेश भट्टराई प्रचण्ड–नेपाल समूहमा गएकोप्रति गुनासो गर्दै भन्नुभयो, ‘एक दिन पुक्क लात्ताले हानेर भाग्यो। को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ।’

यो पनि पढ्नुहोस्– केटाकेटीलाई मन्त्री बनाइदेको पुक्क लात्ताले हानेर भाग्यो– केपी ओली