Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


कांग्रेस अब टुलुटुलु हेरेर बस्दैन– नेता सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीको कदमलाई कांग्रेसले अब टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ ।

संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भन्दै उहाँले आफैँलाई संविधान नठान्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिनुभयो ।

‘मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?’ नेता सिंहले भन्नुभयो, ‘कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हो । निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन ।’

संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भए पनि संविधानको बर्खिलापमा प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्नु गतल भएको नेता सिंहको भनाइ थियो ।

सरकारले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्दा, जनतालाई नियन्त्रण गर्ने विधेयक ल्याउँदा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेता कत‌ै नबोलेको भन्दै उहाँले पार्टीमा लेनदेन नमिलेपछि सडकमा आएको आरोप लगाउनुभयो ।