अमरगढीका पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधार संरचना निर्माण • Image Khabar Image Khabar


अमरगढीका पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधार संरचना निर्माण


Imagekhabar
३ माघ २०७७, शनिबार १४:२०

अमरगढीका पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधार संरचना निर्माण

डडेल्धुरा । अमरगढी नगरपालिकाका पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधारका संरचना निर्माण थालिएको छ । नगरपालिका भित्रका धार्मिक, ऐतिहासिक, प्राकृतिक पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा भौतिक पूर्वाधारका संरचना निर्माण गर्न थालिएको हो ।

अमरगढी भित्र उग्रतारा मन्दिर, घटालथान, अमरगढी किल्ला प्रमुख पर्यटकीय क्षेत्र मानिन्छ । यस बाहेक अहिले शहीद भिमदत्त पन्तको जन्म घर आदर्श भीम बस्ती, रावलतोली शिवकुटी गुफा, कस्या टाकुरो, सहश्रलिङ्ग मन्दिर बाटो, पिस पार्क लगायतका स्थलहरुमा पूर्वाधार संरचना निर्माण थालिएको हो ।

कारिगाउँमा शहिद भीमदत्तको घरलाई संग्राहलय बनाइ आदर्श बस्तीका रूपमा विकास गरिँदै छ । पूर्वाधार विकासका लागि करिब १२ करोड रुपैयाँको लागतमा काम भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्