कोरोना संक्रमणदर घट्यो, थप २ सय ७० जनामा संक्रमण पुष्टि • Image Khabar Image Khabar


कोरोना संक्रमणदर घट्यो, थप २ सय ७० जनामा संक्रमण पुष्टि


Imagekhabar
२ माघ २०७७, शुक्रबार १७:५५

कोरोना संक्रमणदर घट्यो, थप २ सय ७० जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ८४ को पीसीआर परीक्षण गर्दा १ सय ८० पुरुष र ९० जना महिलामा संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाण्डौं उपत्यकाको मात्र १ सय ७२ रहेका छन् ।

परीक्षणको करिब ९ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ । यस्तै, यस अवधिमा ३ सय ९० जना संक्रमणमुक्त भएसंगै नेपालमा हालसम्म कोरोना भएर निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ । निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १९ सय ४८ पुगेको छ । मृत्यु दर शून्य दशमलब ७३ प्रतिशत रहेको छ । हाल सक्रिमय संक्रमित ४ हजार ३ सय १ रहेका छन् । अहिले २ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्