नेपालमा कोरोनाको खोप प्रयोग गर्न शशर्त अनुमति • Image Khabar Image Khabar


नेपालमा कोरोनाको खोप प्रयोग गर्न शशर्त अनुमति


Imagekhabar
२ माघ २०७७, शुक्रबार १६:०७

नेपालमा कोरोनाको खोप प्रयोग गर्न शशर्त अनुमति

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

शुक्रबार औषधि व्यवस्था विभागले एक सूचना जारी गर्दै भारतले उत्पादन गरेको कोभिसिल्ड खोपलाई प्रयोगको आपतकालीन प्रयोगका लागि शशर्त अनुमति दिएको हो । खोप भारतको सेरम इंस्टिच्यूट अफ इंडिया प्रा.लि.ले उत्पादन गरेको हो ।

भारतमो उत्पादित खोप ‘कोभिसिल्ड’को विषयमा भारतमै विभिन्न प्रश्नहरु उठिरहेको सन्दर्भमा नेपालमा भने यसको प्रयोगका लागि अनुमति दिइएको हो । भारतले भने कोभिसिल्डसँगै बेलायतको अक्सफोर्ड विश्वविद्यायले तयार पारेको कोभ्याक्सिनलाई पनि अनुमति प्रदान गरेको छ ।

पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमै रहेको बेला भारतमा उत्पादित खोपलाई अनुमति प्रदान भएको हो । परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार औपचारिक भारत भ्रमणका लागि दिल्ली पुग्नुभएको थियो । उहाँको दिल्ली गएको भोलिपल्टै नेपालले भारतमा उत्पादिन कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

नेपालमा कोरोनाको खोप प्रयोग गर्न शशर्त अनुमति
प्रतिक्रिया दिनुहोस्