चलचित्र निरन्तर प्रदर्शनको आशामा दर्शक « Image Khabar


चलचित्र निरन्तर प्रदर्शनको आशामा दर्शक


दिपेन्द्र अधिकारी
१ माघ २०७७, बिहीबार २०:३३

दिपेन्द्र अधिकारी (इमेज)
काठमाडौं, माघ १ । दश महिनापछि चलचित्रहलमा नयाँ चलचित्र प्रदर्शनमा आएको छ ।

हल सञ्चालक तथा चलचित्र युनिटले पचास प्रतिशत अकुपेन्सी रहेको दाबी गरे पनि नेपाली दर्शकको आकर्षण भने कम छ ।

यसपछि अर्को चलचित्र कहिले प्रदर्शन हुने हो त्यो भने टुंगो छैन ।

यद्यपि दर्शकले भने चलचित्र निरन्तर प्रदर्शन होस् भन्ने चाहेका छन् ।

गत पुष १० गतेबाट सञ्चालकहरुले एकतर्फी रुपमा फिल्म हल सञ्चालनमा ल्याएका थिए ।

पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई अनुगमन गर्ने व्यवस्था मिलाउन निर्देशन दिँदै फिल्म हल खोल्ने स्वीकृति दिएको थियो ।

१० महिनापछि प्रचार–प्रसारबिनै प्रदर्शनमा आएको चलचित्र एउटा यस्तो प्रेम कहानीले विदेशी चलचित्रको अनुपातमा दर्शकको साथ भने उत्साहजनक रुपमा पाएको छैन ।

चलचित्रको लागि पचास प्रतिशत अकुपेन्शी रहेको हल सञ्चालकको दाबी छ ।

चलचित्रलाई प्रदर्शकहरुले ५५ प्रतिशत शेयर दिने भएका छन् ।

यसअघि रिलिज भएका चलचित्रका निर्माताले सिंगल हलबाट ५० प्रतिशत शेयर पाउँदै आएका थिए ।

तर, मल्टिप्लेक्स हलको हकमा भने निर्माताले पहिलो हप्ता ५०, दोश्रो हप्ता ४५, तेश्रो हप्ता ४० र बाँकी रहेका हप्तामा ३५ प्रतिशत शेयर पाउँदै आएका थिए ।

थला परेको चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि शेयर बढी दिएको हल सञ्चालकहरुको भनाइ छ ।

ढिलो गरि नयाँ चलचित्र हेर्न पाउँदा उत्साहित दर्शकहरुले यसले निरन्तरता पाउने अपेक्षा गरेका छन् ।

दर्शकको अपेक्षा निरन्तर पर्दामा चलचित्र लागिरहोस् भन्ने रहे पनि यसपछि रिलिज हुने चलचित्रको टुंगो भने छैन ।

अहिलेसम्म फागुन २७ गतेलाई अर्को चलचित्र लप्पन–छप्प्न २ ले प्रदर्शनको मिति घोषणा गरेको छ ।

चलचित्रलाई लिएर मोफशल यात्रामा रहेको चलचित्र यूनिटले पनि पचास प्रतिशत अकुपेन्सी रहेको दाबी गरेको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दा सिट क्षमताभन्दा आधामात्र दर्शक राखिएको छ ।

भिडियो हेर्नुहोस्

भिडियो : विशाल लामा

प्रतिक्रिया दिनुहोस्