
काठमाडौं, माघ १ । मुकुल बचत तथा ऋण सहकारी संस्था १२ औं बर्षमा प्रवेश गरेको छ ।
बुधबार काठमाडौंमा भर्चुअल माध्यमबाट मुकुल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं बार्षिक साधारणसभा गरेको छ ।
१२ बर्ष अगाडी बालुवाटारमा स्थापना भएको मुकुल बचत तथा ऋण सहकारी संस्थाले शुरुको ४ लाख रुपैयाँबाट ५५ करोड रुपैयाँ बराबरको निक्षेप र सम्पति संकलन गरी सदस्यहरुको हितमा परिचालन गरेको छ ।
संस्थाका अध्यक्ष पवन खत्रीले ५३ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरी ४३ करोड रुपेयाँ बराबरकको कर्जा सदस्यहरुलाई परिचालन गरिएको जानकारी दिनुभयो ।
संस्थाको चुक्ता पूँजी तीन करोड ११ लाख पुगेको छ ।
संस्थाले आफ्ना सदस्यहरुलाई एटिएम सेवा र मोबाईल बैंकिङ जस्ता अत्याधुनिक सुविधाहरु उपलब्ध गराएको छ ।
मुकुलको मोबाईल बैकिङ एपबाट जुनसुकै बैंक खातामा रकम स्थाानान्तरण गर्न सकिने सुविधा रहेको जनाईएको छ ।
आगामी दिनमा अरु परिस्कृत भएर गुणस्तरीय सेवा प्रदान गरिने प्रतिबद्धता उनले ब्यक्त गरे ।
संस्थााले बर्षेनी सेयरधनीलाई वितरण गर्दै आएको अध्यक्ष खत्रीले प्रस्तत गरेको प्रगति विवरणमा उल्लेख छ ।
संस्थाले मुख्य कार्यालय बालुवाटारमा राखी बुढानीलकण्ठको हात्तीगौडामा सदस्य सेवा केन्द्र संचालन गरेकोमा अब काठमाडौंको पेप्सीकोलामा समेत सेवा केन्द्र विस्तार गर्ने अनुमति लिएको छ ।
साधारणसभामा वरिष्ठ सदस्य निर्पेन्द्रजंग पाण्डेले सहकारीका स्थापित मान्यता र नियमनकारी निकायको निर्देशनहरु कडाईकासाथ पालना गरी अझ बलियो भएर अगाडि बढ्नुपर्नेमा जोडदिए ।
प्रतिक्रिया दिनुहोस्