नवलपुर, भदौ ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले उपलब्धिमूलक कुनै काम गरेर देखाउन नसक्दा अहिलेको सरकार आफैं आलोचित बन्न पुगेको आरोप लगाएका छन् ।
शुक्रबार नवलपरासीको कावासोतीमा आयोजित एक कार्यक्रममा नेता थापाले सरकार गन्तव्यबिना अघि बढिरहेको र गन्तव्यहीन यात्राले सधैं दुर्घटना घटाउने हुँदा सरकारको कामबाट जनताले सुरक्षाको अनुभूति गर्न नसकेको बताए ।
सरकारले जनताका हितमा कुनै काम गर्न नसकेको भन्दै उनले समस्याको समाधान बाहिरबाट नभइ यहीँबाट खोज्नुपर्ने औंल्याए ।
उनले दुईतिहाइको सरकार गठन भएको दुई वर्ष पुग्न लाग्दासमेत सरकारले कुनै चमत्कारिक काम गरेर दखाउन नसकेको आरोप लगाए ।









प्रतिक्रिया दिनुहोस्