राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै « Image Khabar


राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै


Imagekhabar
२७ पुष २०७७, सोमबार ०८:३९

काठमाडौं । राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

नागरिक तहबाट आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुकका विभिन्न व्यक्ति सहभागी हुने बताइएको छ ।

सिंहदरबार पश्चिम मूलद्वारमा रहेको राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिँदै छ ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्