Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


पृथ्वीजयन्ती मनाउन सकिदैन : कांग्रेस सभापति देउवा


13
Shares

काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा राजा आउ देश बचाउ भन्ने नारा धन्किएको समयमा पृथ्वीजयन्ती मनाउन नसकिने धारणा राख्नुभएको छ ।

आइतबार आफ्नै निवासमा प्रजातान्त्रिक विचार समाजले गरेको ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा सभापति देउवाले पृथ्वीनारायण शाहको योगदान जगजाहेर भए पनि परिस्थिति बुझेर उहाँको शालिकमा कांग्रेसले माला लगाउ नहुने धारणा राख्नुभयो ।

उहाँले संसद विघटनको विषय अदालतमा विचाराधीन भएकाले कांग्रेसले धारणा राख्नुको कुनै औचित्य नभएको भनाइ दोहोर्‍याउनुभयो ।

सभापति देउवाले सर्वोच्च भन्दा ठूलो अदालत जनता भएकाले निर्वाचनबाट कांग्रेस भाग्न नहुने जिकिर गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पहिलो प्राथमिकता ७० वर्ष लडेर लेखेको संविधानको रक्षा गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीको शैली फासिस्ट प्रबृत्तिको रहेकाले त्यस्ताविरुद्ध कांग्रेस लड्ने कि नलड्ने भनि प्रश्न गर्नुभयो ।

कार्यक्रमका अन्य वक्ताहरुले सूर्यप्रसाद उपाध्यायले नेपालको राजनीतिक परिवर्तनमा निर्वाह गरेको भूमिकाको चर्चा गरेका थिए ।

उनीहरुले उपाध्यायको फोटो विपी, गणेशमानहरुसँगै अग्रपक्तिमा राख्न पनि माग गरे ।