 
	    काठमाडौं । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको बोइङ सेभेन थ्री सेभेन विमान दुर्घटना भएको छ । राजधानी जकार्ताबाट पश्चिमी कालिमान्तन प्रान्तका लागि ६ बालबालिकासहित ५६ यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको उक्त विमान उडेको केहि बेरमा नै समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको हो ।
विमान समुद्रमा खसेको र केही यात्रुले तैरने प्रयास गरे पनि बचाउन नसकेको अधिकारीहरुले जनाएका छन् । विमान १ मिनेटको अन्तरमा १० हजार फिट तल झरेको थियो । विमानस्थलबाट २० किलोमिटर टाढा दुर्घटनामा परेको विमान भीषण बर्षाका कारण निर्धारित समयभन्दा आधा घन्टा ढिला उडेको थियो ।
बोइङ ७३७–५०० मोडलको उक्त विमान २७ वर्ष पुरानो हो । उड्डयन सुरक्षा रेकर्ड तुलनात्मक रुपमा कमजोर रहेको इन्डोनेशियाका विमान सेवाहरूलाई एक दशकभन्दा बढी समयसम्म यूरोपमा प्रतिबन्ध लगाइएको थियो । एजेन्सी


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्