
विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कमद नसच्चिए जनविद्रोह गर्ने चेतावनी दिनुभएको छ ।
विराटनगरमा शनिबार आयोजित विरोधसभामा अध्यक्ष यादवले संसद विघटनको कदम नसच्चिए जनविद्रोह गर्ने चेतावनी दिनुभएको हो । संविधानमा प्रधानमन्त्रीलाई जथाभावी गर्ने अधिकार नभएको भन्दै उहाँले आन्दोलनकारी शक्तिहरु मिलेर जानुको विकल्प नभएको बताउनुभयो । सबैको एकताले राजा फालिए अब सबैको सहकार्यले ओली प्रवृत्तिलाई फाल्नुपर्ने उहाँको भनाइ छ ।
पुर्व प्रधानमन्त्री एव्म संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले ओली नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने बताउनुभयो । विश्वमा भ्रष्टहरुको नेपाल अग्रस्थानमा रहेको बताउदै उहाँले प्रधानमन्त्रीले नै भ्रष्टहरुलाई संरक्षण गरेको आरोप लगाउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्