२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री जयशंकरको भेट


0
Shares

काठमाडौं, भदौं ५ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट गरेका छन् । राष्ट्रपति भण्डारीसँग विदेशमन्त्री जयशंकरले राष्ट्रपति कार्यालय शितलनिवासमा भेट गरेका हुन् ।

राष्ट्रपति भण्डारीलाई भेट गर्न विदेशमन्त्री जयशंकर नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसहित राष्ट्रपति निवास शितलनिवास पुगेका थिए ।

भेटमा द्विपक्षीय हितबारे छलफल भएको बताइएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधवार नेपाल आएका जयशंकरले हिजो प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए ।

यसअघि विदेशमन्त्री जयशंकरले पशुपतिनाथ मन्दिर पुगी पूजा आराधना गरेका थिए ।