संसद विघटन अनाधिकृत, राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउँछौं– नेता थापा « Image Khabar


संसद विघटन अनाधिकृत, राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउँछौं– नेता थापा


Imagekhabar
२४ पुष २०७७, शुक्रबार १९:५७

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर अनाधिकृत काम गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार भक्तपुरमा आयोजित विरोध सभामा नेता थापाले संविधानमा ५ वर्षअघि संसद विघटन गर्ने कुराको कल्पनासमेत नगरिएको बताउनुभयो ।

नेता थापाले अदालतले संसद पुर्नस्थापना गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्