१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


मिस नेपाल नम्रता श्रेष्ठ राष्ट्रिय बाणिज्य बैंककाे सद्भावना दूत


0
Shares

काठमाडौं । बैकिङ्ग क्षेत्रमा ५५ वर्षदेखि क्रियाशील राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठलाई सद्भावना दूतमा नियुक्त गरेको छ ।

बैंकले हिडन ट्रेजरसँगको सहकार्यमा विगत तीन वर्षदेखि मिस नेपाललाई सद्भावना दुत नियुक्त गर्दै आएको छ । पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई आकर्षित गर्ने उद्देश्यले आफूहरूले हिडन ट्रेजरसँग सहकार्य गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले युवाको सहभागिता बढाउँदै आधुनिक प्रविधिको प्रयोग मार्फत बैंकलाई उत्कृष्ट र स्मार्ट बंैक बनाइने बताउनुभयो ।

सरकारको पूर्ण स्वामित्वको एकमात्र बैंकले ७७ जिल्लामा दुई सय ४५ शाखाबाट सेवा प्रदान गर्दै आएको छ । चालू आर्थिक वर्षको अन्त्य सम्ममा थप ११ स्थानमा शाखा विस्तार गर्ने बैंकको तयारी छ । बैंकले गत आर्थिक वर्ष २०७६÷०७७ मा ४ अर्ब ४५ करोड रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।