१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


पश्चिम नवलपरासीमा सर्पदंशका बिरामीका लागि उपचार केन्द्र सन्चालन


0
Shares

नवलपरासी, भदौ ४ । पश्चिम नवलपरासीमा सर्पदंशका बिरामीका लागि उपचार केन्द्र सन्चालनमा ल्याइएको छ ।

सुनवल नगरपालिका जर्गाहास्थित प्रहरी युक्ति तालिम महाविद्यालयले बुधबारदेखि एम्बुलेन्ससहितको उपचार केन्द्र सन्चालनमा ल्याएको हो ।

उपचार केन्द्रको प्रदेश नम्बर–५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल र नगरपालिकाका प्रमुख भीमबहादुर थापाले संयुक्तरुपमा उद्घाटन गरे ।

यसअघि, जिल्लामा सर्पदंशको छुट्टै उपचार केन्द्र थिएन । परासी जिल्ला अस्पतालमा सर्पदंशको सामान्य उपचार हुँदै आएको थियो ।

उपकरण र दक्ष चिकित्सक नहुँदा सर्पले डसेका बिरामीहरु पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाली सेनाको ब्यारेकमा सन्चालन गरिएको सर्पदंश केन्द्र र बुटवल जानुपर्ने बाध्यता थियो ।

पश्चिम नवलपरासी विषालु सर्पको डसाइबाट प्रभावित जिल्ला भएकाले महाविद्यालयका प्राचार्य नलप्रसाद उपाध्यायको पहलमा केन्द्र स्थापना गरिएको हो ।

केन्द्र स्थापनाका लागि नगरपालिकाले २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । कुल ३३ लाखको लागतमा निर्माण भएको केन्द्रमा स्थानीय र महाविद्यालयकै प्रहरीले ८ लाख रुपैयाँ बराबरको जनश्रमदान गरेका थिए ।