बेलायतबाट नेपाल आएका ३ जनामा नयाँ कोरोना भाइरसको आशंका « Image Khabar


बेलायतबाट नेपाल आएका ३ जनामा नयाँ कोरोना भाइरसको आशंका


Imagekhabar
२२ पुष २०७७, बुधबार १७:४७

काठमाडौं, पुस २२ । बेलायतबाट नेपाल आएकामध्ये तीन जनामा नयाँ स्वरुपको कोरोना भाइरसको संकेत देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले थप परीक्षणका लागि हङकङ पठाउने तयारी भएको जनाएको छ ।

पुस १ गतेदेखि नेपाल आएका ६ जनामा कोरोना संक्रमण देखिएको र तीमध्ये ३ जनामा नयाँ स्वरुपको भाइरसको संकेत फेला परेको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाकी निर्देशक डा. रुना झाले परीक्षण गरिएकामध्ये तीन जनामा नयाँ प्रकारको संक्रमणको शंका पश्चात थप परीक्षण गर्नु पर्ने बताउनुभयो ।

पुस १ गतेदेखि बेलायतबाट २ सय ७७ जना नेपाल आएका छन् ।

स्वास्थ्य मन्त्रालयले उनीहरुलाई निगरानीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्