Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


प्रहरीले चोरलाई पैसा तिरेर सघाए


0
Shares

काठमाडौं । अमेरिकाका अनलाइनमा कुनै स्थानमा पसलका सामान वा पैसा लुटिएको कारण सहयोगका लागि प्रहरी बोलाइएको खवर सामान्य हुन थालेको छ । तर यस्तै घटना भएपनि हालै अलि फरक किसिमको खवरले सबैका ध्यान आकर्षित गरेको छ । एकजना पसले हतारिँदै एक जना प्रहरी अधिकारीलाई पसल लुट्ने समुहको पक्राउका लागि बोलाए ।

तर मास्साचुसेत्स स्थित समरसेट प्रहरी विभागका प्रहरी म्यात्ता लिमाले ति चोर समुहलाई गिरफतार गर्नुको सट्टा तिनीहरुले मज्जासंग क्रिशमस डिनर तयार गर्न सकोस् भन्ने शुभकामना दिदैं तिनीहरुले लुट्न खोजेका खाद्य वस्तुका पैसा आफैंले तिरिदिएका छन् ।

त्रिसमसको पाँच दिन अघि एउटा स्थानीय सुपरमार्केट आउटलेटमा यो अनौठो घटना घटेको थियो । ति सामान चोर्नेहरुलाई थाहै नदिई बोलाइएका लिमालाई त्यहाँको एक कर्मचारीले दुईजना बालबालिका सहित आएका दुई महिलाले अवैध ढंगले सामानहरु आफ्ना झोलामा राखेको सुचना दिएका थिए । लिमालाई तिनीहरुको गरिबी र मजबूरी देखेर निकै दया लागेछ । आफैंले ति सामानको पैसा तिरेर तिनीहरुलाई जान दिए । समाचारपत्र