Logo १६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026


ओलीले आफ्नो कमजोरी ढाकछोप गर्न पूर्वएमालेको छाता ओढाए : भट्टराई


0
Shares

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले राजनीतिक परिस्थितिलाई मोड्न जनताको बहुदलीय जनवादको कुरा उठाएको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय संघर्ष समितिको सह-संयोजक तथा प्रवक्ता समेत रहनु भएका भट्टराईले मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले केपी शर्मा ओली पक्षधरले पूर्व एमाले तथा जनताको बहुदलीय जनवादलाई एकिकृत गर्ने कुरा वर्तमान राजनीतिक परिस्थितिलाई मोड्नको निम्ति मात्रै भएको बताउनुभएको हो ।

प्रधानमन्त्रीले संविधानको उलंघन गरी आफ्नो कमजोरी ढाकछोप गर्न पूर्वएमालेको छाता ओढाईएको उहाँको भनाई छ ।

पूर्व एमाले अथवा पूर्व माओवादी भनि एक ठाउँमा आउँदा मुलुक ०६२/०६३ को आन्दोलन अगाडीको अवस्थामा पुगि देश द्धन्दमा जाने उहाँले बताउनुभयो ।

यतिखेर देशमा प्रतिगमन र अग्रगमनबीचको अन्र्तविरोध भएको र प्रधानमन्त्री ओली प्रतिगमन तथा प्रतिक्रान्तिको कित्तामा उभिनुभएको भट्टराईको भनाई छ ।