८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


डा. केसी पक्षलाई निःशर्त वार्तामा आउन आह्वान


0
Shares

काठमाडौं, साउन ५ । सरकारी वार्ता टोलीले डा. गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ ।

वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिबार विज्ञप्ति जारी गर्दै डा. केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गरेका हुन् ।

उनले डा. केसीका माग वार्ताबाट सम्बोधन गर्नसकिने भन्दै वार्ताका लागि आह्वान गरेको बताए ।

संसदमा पेस भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म डा. केसीलाई काठमाडौं नल्याउने र विधेयक फिर्ता नलिएसम्म वार्तामा नबस्ने डा. केसी पक्षको वार्ता टोलीको भनाइले वार्ता हुन नसकेको सरकारी वार्ता टोलीका संयोजक बरालले बताए ।

सरकारले असार ३२ गते शिक्षासचिव बरालको संयोजकत्वमा डा. केसीका पक्षसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको थियो ।

यसबीचमा वार्ता टोलीले तीनपटक डा. केसीका पक्षसँग वार्ता गरिसकेको छ ।

विज्ञप्तिमा वार्ताबाट छिटो समाधान ननिस्कने देखेर नै डा. केसीको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन सरकारले उनलाई जुम्लाबाट काठमाडौं ल्याइ अभिभावकत्वको भूमिका निर्वाह गरेकोसमेत उल्लेख गरिएको छ । रासस