 
	    काठमाडौं, पुस २० । काठमाडौंमा सोमबार विहानैदेखि आकाश धुम्मिएको थियो । विहानै फाट्टफुट्ट पानी पनि बर्षियो । धेरैलाई लागेको थियो, यो हिउँदे (पौषे) वर्षा हुनका लागि आकाश धुम्मिएको होला ।
तर काठमाडौंको आकाशमा धुम्मिएको यो तुँवालो जस्तो त हावाको कणमा मिसिएर रहेको विषाक्तता पो रहेछ ।
संसारकै प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आईक्यूएअर डटकमका अनुसार काठमाडौंमा सोमबारको वायु प्रदूषण खतराको बिन्दूमा पुगेको हो ।

उक्त वेबसाइटका अनुसार काठमाडौंमा वायुको गुणस्तर खराबको सूचीमा १ नम्बरमा रहेको छ । उसका अनुसार राति ९ बजेसम्म पनि काठमाडौंको वायुमा कुनै सुधार नदेखिएको हो ।
वायु प्रदूषणका दृष्टिले काठमाडौं खतराको सूचीमा रहेको भन्दै त्यस्तो अवस्थामा के गर्ने, के नगर्ने भन्ने स्वास्थ्य सल्लाहसमेत दिइएको छ ।
जसअनुसार यस्तो बेला अनिवार्य मास्क लगाउन, बाहिरबाट आउने खराब हावा प्रवेश गर्न नदिन आफ्नो घर कोठाको झ्याल ढोका बन्द गर्ने, घर बाहिरको शारिरीक अभ्यास नगर्ने जस्तो सल्लाह दिइएको छ ।
खासगरी धूलोको कणहरु बोकेको गह्रौ हावा तल र तातो हलुका हावा माथि हुँदा यस्तो अवस्था हुने गर्दछ । यस्तो हुँदा कतिपय अवस्थामा त ठूलो हूरी, आँधीसमेत आउने गर्दछ ।




 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्