
ताप्लेजुङ, भदौ २ । सुनसरीको एलाभेन एरोज फुटबल क्लब ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा युकेएफसी दार्जिलिङ, भारतलाई २–० ले पराजित गर्दै एलाभेन एरोज अन्तिम चारमा पुगेको हो ।
एलाभेन एरोजका लागि दुवै गोल विदेशी खेलाडी यानिक ओनाले गरे ।
खेलको ‘म्यान अफ दी म्याच’ एलाभेन एरोजका रुपेश केसी घोषित भए । उनले पाँच हजार रुपैयाँ पाए ।
एलाभेन एरोजले अब सेमिफाइनलमा रेडहर्ष क्लब इलामसित प्रतिस्पर्धा गर्नेछ ।
यसअघि, रेडहर्षसहित डाँगीहाट क्लब मोरङ सेमिफाइनमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगिताअन्तर्गत् मंगलबार हुने पहिलो चरणको अन्तिम खेलमा रेडस्टार क्लब झापा र गोर्खा स्पोर्टिङ क्लब दमक आमने–सामने हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्