Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


सरकार अधिनायकवादतर्फ उन्मुख : देउवा, राज्यको ढुकुटी कार्यकर्तालाई बाँडियो : पौडेल


0
Shares

भैरहवा, भदौ २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार प्रजातन्त्रविरुद्ध लागेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा रुपन्देहीको भैरहवामा सुरु भएको प्रदेश नम्बर–५ स्तरीय दुईदिने महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै सभापति देउवाले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए ।

उनले प्रजातन्त्रविरुद्ध लाग्ने कसैलाई पनि कांग्रेसले नछाड्ने चेतावनी दिए ।

सभापति देउवाले राणा, पञ्चायत र राजतन्त्रविरुद्ध कांग्रेसले संघर्ष गरेको स्मरण गराउँदै ओली सरकार प्रजातन्त्रविरुद्ध अगाडि बढे कुनैपनि हालतमा नछाड्ने चेतावनी दिए ।

जनमतको दुरुपयोग : पौडेल

वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले दुईतिहाइ बहुमत दिएर पठाएको वाम सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाए ।

उनले सरकारले संविधानको मर्ममाथि नै प्रहार गरेर राज्यको ढुकुटी कार्यकर्तालाई बाँडेको आरोप लगाए ।

कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले अब कांग्रेस कार्यकर्तामाझमात्र नरहेर जनताकाबीचमा जानुपर्ने उल्लेख गरे ।

उनले जनमतकै आधारमा कांग्रेसले सरकारलाई सही दिशातर्फ लैजानसक्ने बताए ।

प्रशिक्षणमा प्रदेश–५ का १२ जिल्लाका ४०० बढी प्रतिनिधि सहभागी छन् ।