Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


धर्मरत्न यमीको सम्झना


0
Shares

काठमाडौं, भदौ २ । राजनीतिज्ञ, समाजसेवी एवं लेखक स्व. धर्मरत्न यमीको १०४औं जन्मस्मृति दिवस मनाइएको छ ।

धर्म–हिरा स्मृति प्रष्ठिानले सोमबार काठमाडौंमा स्व. यमीको जन्मस्मृति कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले धर्मरत्न यमीलाई नदेखे पनि उनले मुलुकका लागि पुर्‍याएको योगदानबारे परिचित रहेको बताए ।

डा. भट्टराईले राणाशासनको अन्त्य गर्न जनविद्रोह गरेका यमीले राजनीतिक परिवर्तनमा खेलेको भूमिका स्मरणीय रहेको भन्दै उनको प्रशंसा गरे ।

कार्यक्रममा धर्मरत्नकी छोरी हिसिला यमी, पूर्वमन्त्री केशवमान शाक्यलगायतले उनको योगदानको स्मरण गरे ।

कार्यक्रममा स्व. यमीकी नातिनी मानुषी यमीले आफ्नो जीवनमा भोगेका क्षणहरु समेटिएर तयार पारिएको ‘डकुमेन्ट्री’ देखाइएको थियो ।