Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


मूलधारमा फर्कन प्रवक्ता ज्ञवालीको आग्रह


0
Shares

काठमाडौं । ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीको मूलधारमा फर्कन नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका नेतालाई आग्रह गर्नुभएको छ ।

पार्टीको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आइतबार आयोजित विस्तारित बैठकमा उहाँले पार्टी विभाजन भइनसकेको उल्लेख गर्दै आफ्ना गल्ती र भूल स्वीकारेर नेकपामा कायम रहन आग्रह गर्नुभएको हो । परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ‘केही साथीहरु बरालिनुभएको छ, गल्ती र भूललाई बिर्सेर मूलधारको पार्टीको बैठकमा आउन म आग्रह गर्छु, अन्यथा जनताले समयमा उचित निर्णय दिनेछन् ।’

उहाँले पार्टीमा उत्पन्न विवादका कारण मुलुकलाई दुर्घटनाबाट जोगाउन सरकारले जनतामा जाने निर्णय गरेकाले सर्वोच्च अदालतले दुई तिहाइ बहुमतको सरकारले गरेको निर्णयकै पक्षमा फैसला गर्नेमा निश्चिन्त रहन आग्रह गर्नुभयो ।