लश्कर ए तोयबाका शीर्ष कमान्डर जकीउर रहमान लखवी पक्राउ « Image Khabar


लश्कर ए तोयबाका शीर्ष कमान्डर जकीउर रहमान लखवी पक्राउ


Imagekhabar
१९ पुष २०७७, आईतवार ०९:४८

काठमाडौं । मुम्बई आक्रमणका मुख्य योजनाकार मानिने लश्कर ए तोयबाका शीर्ष कमान्डर जकीउर रहमान लखवी आतंकवादी समुहलाई आर्थिक सहयोग गरेको आरोपमा पाकिस्तानमा पक्राउ परेका छन् । डिस्पेन्सरी सञ्चालन गरीे आफनो आम्दानीको हिस्सा आतंकबादी समुहलाई दिने गरेको पाकिस्तान सरकारको दाबी छ ।

आतंकवादीको सूचीमा सूचीकृत उनको बैंक खाता समेत रोक्का गरिएको अवस्थामा उनले डिस्पेन्सरी सञ्चालन गरी रकम आर्जन गर्दै आएको खुलेको हो छ । सन् २००८ मा १ सय ६६ जनाको ज्यान जाने गरि भएको मुम्बई आक्रमणका मास्टरमाइन्ड उनी सन् २०१५ को अप्रिलमा रिहा भएका थिए ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्