कार्की ब्याङ्क्वेटमा ओली पक्षको बृहत कार्यकर्ता भेला हुँदैं, ओलीले सम्बोधन गर्ने « Image Khabar


कार्की ब्याङ्क्वेटमा ओली पक्षको बृहत कार्यकर्ता भेला हुँदैं, ओलीले सम्बोधन गर्ने


Imagekhabar
१९ पुष २०७७, आईतवार ०८:१३

काठमाडौं । प्रतिनिधि सभा विघटन पछि दुई टुक्रा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको भेला, सम्मेलन गर्ने होड नै चलेको छ । कार्यकर्तालाई आफ्नो पक्षमा पार्न ओली समूह र दाहाल-नेपाल समूहले देशभर विभिन्न भेला तथा सम्मेलनको आयोजना गरी कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् ।

त्यस्तै केपी शर्मा ओली पक्षले आज काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्दैछ । भेला कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा १२ बजेका लागि तय गरिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यका स्तरीय भेलालाई प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । यस्तै रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको अनेरास्ववियुले जानकारी दिएको छ ।

शनिबार आफूपक्षीय काठमाडौं जिल्लाका कार्यकर्तालाई ओलीले सम्बोधन गर्नु भएको थियो । सो क्रममा उहाँले दाहाल नेपाल समूहलाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्