 
	    काठमाडौं । ‘हाम्रो शान हाम्रो स्वाभिमान राष्ट्रिय, पोशाक हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ शुक्रबार आठौँ राष्ट्रिय पोशाक दिवस मनाइएको छ ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतीघर मण्डलामा विशेष कार्यक्रम गरी राष्ट्रिय पोशाक दिवस मनाएको छ । कार्यक्रममा पञ्चेबाजासमेत बजाइएको थियो ।
अंग्रेजी नयाँ वर्ष समेत पर्ने यस दिनमा देश विदेशमा छरिएर रहेका नेपालीहरूले नेपाली पोशाक दौरा सुरुवाल, टोपी, गुन्युचोली लगाएर प्रचार–प्रसार गर्ने गरेका छन् ।
वि.सं. २०७० साल पौष १७ गते गतेदेखि यस दिनलाई राष्ट्रिय पोशाक दिवसका रूपमा मनाउन थालिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डब्यले बताउनुभयो ।
नेपाली मौलिकता तथा संस्कृतिलाई विदेशी संस्कृतिले धरासयी बनाउन लागेको भन्दै राष्ट्रिय पोशाक दिवसको सुरुवात गरिएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्