१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


सांसदलाई तालिम दिन युएनडीपीले ६० करोड खर्चिदैं


0
Shares

काठमाडौं, जेठ ३१ । संघीय र प्रदेश सांसदलाई तालिम दिन राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले ५ वर्षमा ६० करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

युएनडीपीले ‘पार्लियामेन्ट सपोर्ट प्रोजेक्ट’ अन्तर्गत सन् २०२२ डिसेम्बरसम्म खर्चने गरी संघीय संसद सचिवालयसँग वैशाख १० मा सम्झौता गरेको हो ।

गत साताको दुई दिने प्रशिक्षण युएनडीपीको खर्चमा भएको विषयलाई लिएर संसद बैठकमा विरोध भएपछि सचिवालय र युएनडीपीबीच भएको ६० करोडको सम्झौता सार्वजनिक भएको हो । –कान्तिपुर दैनिकबाट