राष्ट्रियसभा सदस्यहरूको कोरोना परीक्षण « Image Khabar


राष्ट्रियसभा सदस्यहरूको कोरोना परीक्षण


Imagekhabar
१६ पुष २०७७, बिहीबार १८:५७

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएसँगै उहाँहरूको परीक्षणको लागि स्वाब संकलन गरिएको हो ।

पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ । कोभिड परीक्षण गरेका सबै सांसदको भोलिसम्म रिपोर्ट आउने छ । नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र राष्ट्रियसभा बैठकमा प्रदेश दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्