Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


नागढुंगाबाट स्वचालित पेस्तोल र गोलीसहित युवक पक्राउ


0
Shares

काठमाडौं, साउन ३२ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२, नागढुंगास्थित सुरक्षा जाँचचौकीबाट हतियार र गोलीसहित शनिबार एकजना पक्राउ परेका छन् ।

ललितपुरका २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई स्वचालित पेस्तोल दुईथान र गोली २० राउन्डसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

धादिङबाट काठमाडौं आउँदै गरेको बा२ख १९८० नम्बरको बस जाँच गर्नेक्रममा बसमा सवार लामाको साथमा रहेको झोलामा पेस्तोल र गोली फेलापरेको हो ।

लामाको साथबाट बाइनाकुलर र पाँचथान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । रासस