‘मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमविरुद्ध’ « Image Khabar


‘मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमविरुद्ध’


Imagekhabar
१५ पुष २०७७, बुधबार २०:४६

काठमाडौं, पुस १५ । नेपाली कांग्रेसले यो वर्षको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न केन्द्रीत हुने जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमविरुद्ध सबै शक्तिलाई एक ठाउँमा उभ्याउनका लागि केन्द्रित हुने बताउनुभयो ।

कांग्रेसले २०३३ साल पुस १७ गतेदेखि हरेक वर्ष सोही दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्