बेलायतबाट आएकामध्ये ४८ जना काठमाडौं उपत्यकाका, नेपालमा छैन नयाँ स्वरुपको कोरोना परीक्षण गर्ने मेसिन « Image Khabar


बेलायतबाट आएकामध्ये ४८ जना काठमाडौं उपत्यकाका, नेपालमा छैन नयाँ स्वरुपको कोरोना परीक्षण गर्ने मेसिन


प्रज्ञा तिमल्सीना
१५ पुष २०७७, बुधबार १८:०१

प्रज्ञा तिमल्सीना (इमेज)

काठमाडौं, पुस १५ । बेलायतबाट शुरु भएको नयाँ प्रकारको कोरोना भाइरस हाल विभिन्न देशमा फैलिइसकेको छ ।

नेपाल पनि पुस १ गतेदेखि बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेर परीक्षण गर्दा केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तर बेलायतमा देखिएको नयाँ स्वरुपको भाइरस भए नभएको भने पुष्टि भइसकेको छैन ।

बेलायतबाट नेपाल आएका १९३ जना मध्ये ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा पाँच जनामा संक्रमण फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ ।

बेलायतबाट आएकाहरु मध्ये ४८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

संक्रमण पुष्टि भएकाहरुमा पनि केही उपत्यकाका नै हुन ।

तर उनीहरुमा फेला परेको भाइरस नयाँ प्रकारको हो वा होइन भन्ने पुष्टि भइसकेको छैन् ।

महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले भाइरसको वंशाणु के हो भन्ने पत्ता लगाउन सकिने मेसिन नेपालमा नभएकाले त्यसको अध्ययन गर्न केही समय लाग्ने र परीक्षणका लागि हङ्कङ् पठाउनु पर्ने बताउनुभयो ।

बेलायतमा देखिएको नँया प्रजातीको भाइरसको संक्रमण दर हाल फैलिरहेको भाइरसको भन्दा ७० छिटो रहेको देखाएको छ ।

तर संक्रमणले गम्भिर खालको समस्या भने देखाएको छैन् ।

उक्त भाइरस नेपालमा समेत फैलन सक्ने सम्भावना उच्च रहेको डा. पाण्डे बताउनुहुन्छ ।

हाल भारतको नँयादिल्लीमा समेत ८ जनामा नयाँ प्रकारको कोरोना भाइरस देखिएको छ ।

वैज्ञानिकहरुले भाइरसको प्रवृती समय अनुसार परिवर्तन हुदै जाने बताउँदै आएका छन् ।

तर उक्त प्रजातीको भाइरसमा छुट्टै प्रवृतिको लक्षण भने देखिएको छैन् ।

भिडियो हेर्नुहोस्

भिडियो : भरत केसी

प्रतिक्रिया दिनुहोस्