पछिल्लो २४ घण्टामा ५११ संक्रमित, ६०० संक्रमणमुक्त, ७ जनाको मृत्यु « Image Khabar


पछिल्लो २४ घण्टामा ५११ संक्रमित, ६०० संक्रमणमुक्त, ७ जनाको मृत्यु


Imagekhabar
१५ पुष २०७७, बुधबार १६:४५

काठमाडौं, पुस १५ । नेपालमा पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६०० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४७ पुगेको छ ।

२४ घण्टामा काठमाडौं उपत्यकामा ३१२ जना संक्रमित भएका छन् ।

काठमाडौंमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्