बागलुङ-बुर्तिबाङ सडकखण्ड सञ्चालमा « Image Khabar


बागलुङ-बुर्तिबाङ सडकखण्ड सञ्चालमा


Imagekhabar
१५ पुष २०७७, बुधबार १६:२५

बाग्लुङ, पुस १५ । २० दिनदेखि बन्द रहेको मध्य पहाडी लोक मार्गको बाग्लुङ बुर्तिबाङ सडकखण्ड २० दिनपछि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

चट्टान कटानका लागि गत मंसिर २५ गतेदेखि सडक बन्द गरिएको थियो ।

लामो समयदेखि ठेकेदार कम्पनीको लापरवाहीका कारण अलपत्र बनेको यस खण्डमा मङ्सिर २५ गतेदेखि कामले तिब्र्रता पाएको हो ।

उपल्लाचौर, अछेते, बिहुँ, घोडाबाँधे खण्डको काठेखोला गाउँपालिका–१ स्थित खहरे भीर कटानका लागि दैनिक ६ घण्टा सडक बन्द गरिएको थियो ।

सडक खुलेपनि चट्टान कटानको काम भने निरन्तर चलिरहने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्