प्रभावकारी भएन सहुलियत कर्जा कार्यक्रम, ५७ जनाले मात्रै लिए शैक्षिक बेरोजगारी कर्जा « Image Khabar


प्रभावकारी भएन सहुलियत कर्जा कार्यक्रम, ५७ जनाले मात्रै लिए शैक्षिक बेरोजगारी कर्जा


Imagekhabar
१४ पुष २०७७, मंगलवार २१:०३

काठमाडौं, पुस १४ । शैक्षिक बेरोजगारी कर्जा हालसम्म जम्मा ७७ जनाले मात्रै लिएका छन् ।

नेपाल राष्ट्र बैकले वि.स. २०७५ साल असोज मसान्तमा सहुलियत कर्जाका लागि ब्याज अनुदान कार्यविधि वि.स.२०७५ जारी गर्दै शिक्षित बेरोजगार युवाले शैक्षिक प्रमाणपत्र पेस गरि शिक्षित युवा स्वरोजगार कार्यक्रम ल्याएको थियो ।

यस अन्तर्गत प्रतिव्यक्ति ७ लाख रुपैयाँ सम्म लिन सक्ने व्यवस्था गरिएको थियो ।

तरपनि यो कार्यक्रम खासै प्रभावकारी हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले हालसम्म यो कर्जा जम्मा ४ करोड मात्रै प्रवाह भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले २ वर्षको अवधिमा ४६ हजार ३ सय ४३ जनालाई ८० अर्ब बराबरको सहुलियत प्रवाह गरेको छ ।

यस्तै महिला उद्यमशिलता कर्जा अन्तर्गत महिलाले परियोजनाका आधारमा १५ लाख सम्म पाउने उद्यमशिल कर्जा १३ अर्ब रुपैया लगानी भएको बैकले जनाएको छ ।

ऋणिले कर्जा प्राप्त गर्न असहज भयो भनेर गुनासो गरिरहदा बैक तथा वित्तिय संस्थालाई लक्ष्य नै तोकेर दिएकोले अब भने कर्जा बृद्धि हुने राष्ट्र बैकका प्रवक्ता डा. गुणाकर भट्टको दाबी छ ।

विदेशबाट फर्किएका नेपाली नागरिकको सिपलाई व्यवसायिक दक्षता उपयोग गरि आय आर्जन गर्ने लगायतका उद्देश्यले प्रवाह गर्ने अवधारणाका साथ ल्याइएको सहुलियत कर्जा लिनेको संख्या पछिल्लो समय बृद्धि भएको राष्ट्र बैकले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्