नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्न काम गर्छु : खतिवडा « Image Khabar


नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्न काम गर्छु : खतिवडा


Imagekhabar
१४ पुष २०७७, मंगलवार २०:५९

काठमाडौं, पुस १४ । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले लगानी, सहयोग र प्रविधि हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्ने बताउनु भएको छ ।

मंगलबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा पूर्वअर्थमन्त्री समेत रहनु भएका राजदूत खतिवडाले द्विपक्षीय लगानी, सरकारी सहयोग र प्रविधि हस्तान्तरणको विषयलाई केन्द्रमा राखेर नेपाल–अमेरिकाबीचको सम्बन्ध विकास गर्न काम गर्ने बताउनुभएको हो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा उत्पादन हुने बस्तुलाई अमेरिका निर्यात गर्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।

अहिले अमेरिकाले नेपालबाट ७७ किसिमका बस्तुहरु लैजाने भन्ने रहेको तर ती बस्तुहरु नेपालमा उत्पादन नहुने भएकाले निर्यात नबढेको बताउनुभयो ।

कार्यक्रममा व्यवसायीहरुले अमेरिकी लगानीसँगै प्रविधिलाई समेत नेपालमा भित्र्याउन पहल गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्